सातामा ८१ अंकले बढ्यो नेप्से

काठमाडौं । यो साता पनि सेयर बजारमा हरियाली छाएको छ । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा पुगेर रोकिएको छ ।
साथै यो साता कारोबार रकम पनि बढेको छ । यस साता ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यद्यपि, अघिल्लो हप्ता पाँचै कारोबार दिन खुलेको बजारमा ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।