१६ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० जेष्ठ १०,बुधबार १६:२२

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से सूचक १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य अंकले मात्रै बढेको हो । यसअघि मंगलबार नेप्से परिसूचक ५१ अंकले बढेर १९४२ विन्दुमा पुगेको थियो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ । यसअघि मंगलबार नेप्सेमा सूचीकृत २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब २० करोडमाथिको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचकको ४.६९ प्रतिशत र होटल तथा पर्यटन उपसूचकको ४.४७ प्रतिशतले बढेको छ ।