मंगलबार घट्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०८० जेष्ठ ९,मंगलवार १५:२५

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघले हिजो सोमबारको तुलनामा सुनको भाउ घटेको जनाएको हो । भाउ घटेसँगै आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार २०० र तेजाबी सुनको भाउ प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको भाउ तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको भाउ तोलामा १ हजार ३६५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो सोमबार चाँदीको भाउ तोलामा १ हजार ३७५ रुपैयाँमा कारोकार भएको थियो ।