राप्रपा नेपालको बिस्तारित बैठक आजबाट

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार ०९:२५
file-photo

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठक आज बस्दैछ । बैठक काठमाडौंमा बस्ने भएको हो ।

प्रतिनिधि सभाको निर्वाचन पश्चात राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तारित बैठक आज बस्न लागेको हो ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा जनवर्गिय संगठन ,विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ । बैठक भोलिसम्म संचालन हुनेछ ।