विधान अधिवेशनको तयारी गर्दै जसपा

तु खबर संवाददाता
२०८० बैशाख २०, बुधबार १५:१६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विधान अधिवेशनको तयारीमा जुटेको छ । आगामी जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार, विधानको मस्यौदा तयार भइसकेको र यसका लागि मागिएको सुझाव लगभग ७ वटैै प्रदेशबाट प्राप्त भइसकेकाले अब केही दिनमा बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने छ ।

विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको सो पार्टीले जनाएको छ । अधिवेशन आगामी जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौँमा संचालन हुनेछ ।