बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले मतदान गर्न नपाउने
२०८० बैशाख १०, आईतवार ०८:३६
बारा । बारा २ मा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारीले मतदान गर्न नपाउने भएको छ ।
यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् ।
उम्मेदवार यादव सप्तरी–२ का मतदाता, पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौं १ का मतदाता हुन् । बारा २ मा ३४ जना उम्मेदवार छन् । जसमध्ये १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बिहान ७ बजेबाट सुरु भएको उप–निर्वाचनमा हाल शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् ।
