आर्थिक लेनदेनको अडियो बाहिरियोपछि रास्वपाका सांसद श्रेष्ठ निलम्बित

तु खबर संवाददाता
२०७९ चैत्र २६, आईतवार १७:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका छन् । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी निलम्बन गरेको हो ।

रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार, पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको हो । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए ।