महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट दरपिठ

तु खबर संवाददाता
२०७९ फाल्गुन ३०,मंगलवार १८:१७

काठमाडौं । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी थिइन् ।

सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको जानकारी दिइएको छ । यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताएका थिए ।