स्थानीय तहका उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता
काठमाडौं । स्थानीय तहका उम्मेदवारहरुको जरिवाना रकम माफी मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाएर अधिवक्ता लोकेन्द्र ओलीले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
उक्त रिटको पेशी फागुन १२ गतेका लागि तोकिएको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने १ लाख २३ हजार ६५० जनालाई २४ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।
तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले फागुन ५ मा जरिवाना माफी मिनाहाको निर्णय गरेकी थिइन् ।