१० अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ माघ ११,बुधबार १६:२३

काठमाडौं । आज साताको चौथो दिन नेप्से सूचक १० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्सेमा उतारचढावसँगै मार्केट क्लोज हुँदा सम्म १० अंकले मात्रै बढेर इन्डेक्स २१८३ मा कायम भएको छ ।

त्यस्तै, नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज बैकिङ्ग, फाइनान्स र अन्य सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । आज सर्वाधिक होटल तथा पर्यटन सूचकको ३.६५ प्रतिशतले बढेको छ ।