कांग्रेसद्वारा सरकारबाहिरका दलहरुसँग सभामुख निर्वाचनबारे छलफल गर्दै

तु खबर संवाददाता
२०७९ माघ ४, बुधबार १५:२९
file-photo

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्ने भएको छ ।

बुधबार कांग्रेसले छलफलका गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ ।

कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ ।

सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

सभामुखमा भने कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।