आजको मौसम : यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसम बदली भएको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु–भागमा हुस्सु र कुहिरो लागेको छ र बांकी भू–भाग सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।
