कांग्रेस संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०७९ पुष २३, शनिबार ०८:४१

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद्को पहिलो बैठक र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक बस्ने स्थान र समय आजमात्र तय हुने उनले बताए ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक यही पुस २५ गतेदेखि सुरु हुँदैछ । त्यसको भोलिपल्ट पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।