आजको मौसम तराईमा शीतलहर अझै केही दिन कायमै रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखालेआज पनि तराईमा शीतलहर चलेको जनाएको छ । महाशाखाका अनुसार, तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको छ ।
यस्तै, आज दिउँसो र रातिसमेत तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो कायमै रहने छ । पहाडी भू–भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू–भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।
आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।
