आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको अवस्था रहेको छ ।
सोमबार प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
