राप्रपा नेपालको बैठक माघ ९ र १० गतेका लागि आह्वान

तु खबर संवाददाता
२०७९ पुष १५, शुक्रबार १७:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी माघ ९ र १० गते बस्ने गरी आह्वान गरिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

प्रवक्ता आचार्यका अनुसार, बैठकमा आम निर्वाचनको समीक्षा एवम् समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुनेछ ।

काठमाडौंमा बस्ने बैठकले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्ने बताइएको छ ।