राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा

तु खबर संवाददाता
२०७९ पुष ११, सोमबार १७:४४

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन् ।

राप्रपा बागमतीको आज काठमाडौंमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्वत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री विक्रम थापाले जानकारी दिए ।

काठमाडौको नागार्जुन नगरपालिका वडा नम्वर २ निवासी ५५ वर्षीय थापा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं–८ (ख) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

थापासँगै बागमती प्रदेशसभामा राप्रपा १३ जना सदस्यहरुले दलको प्रतिनिधित्व गर्दैछन् ।