समानुपातिकतर्फ १ करोड २ लाख मतगणना, कुन दलको कति मत ?

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार ०९:५६

काठमाडौं । प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मतगणना सम्पन्न भएको छ ।

बिहीबार बिहानको पछिल्लो मतपरिणाम अनुसार, देशभर कूल १ करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो । तीमध्ये आज बिहानसम्ममा १ करोड २ लाख २२२ मतगणना सम्पन्न भएको हो ।

जसमध्ये नेकपा एमाले २७ लाख २८ हजार ३०५ मतसहित पहिलो र नेपाली कांग्रेस २५ लाख ९६ हजार ४२३ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्र ११ लाख ५४ हजार ५९१ मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ६ हजार ९१ मतसहित चौथो, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा रहेको छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत प्राप्त गरेको छ ।

यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाएको छ ।