यस्तो छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार ०८:१८
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

तराईका भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।