समानुपातिक : प्रतिनिधि सभातर्फ झण्डै एक करोड मत गन्दा एमालेको अग्रता कायमै
काठमाडौं । यही मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना हाल जारी छ । प्रतिनिधिसभातर्फ समानुपातिकको कुल ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै राखेको छ ।
एमाले २६ लाख ९४ हजार १२४ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन् । यस्तै, नेपाली कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित दोस्रो स्थान, नेकपा माओवादी केन्द्र ११ लाख ४३ हजार ५०३ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १७१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८८ हजार ४८२ मत र जनमत पार्टी ३ लाख ४६ हजार ९७० मत ल्याएर राष्ट्रिय पार्टी बन्न सफल भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख ८१ हजार ३४८ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७०१ मत ल्याएका छन् ।
