सुनसरी १ बाट जसपाका अशोक राई निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर १२,सोमबार ०७:३६

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।​ राई आफ्नो प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत प्राप्त गर्दा तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । यस्तै, नकेपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत, राप्रपाका अशोककुमार राईले ७ हजार ८८४ मत, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले ७ हजार ८१२ मत प्राप्त गरे ।