इलाम १ बाट झलनाथ खनाललाई पराजित गर्दै महेश बस्नेत विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ११,आईतवार १७:०४

इलाम । इलाम निर्वाचन क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाललाई पराजित गर्दै विजयी भएका हुन् ।

बस्नेत खनालसँग २ हजार ९५७ मतान्तरसहित विजयी भएका हुन् । खनाललाई सत्तारुढ गठबन्धनका दलको समर्थन थियो । उनले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर, यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् ।