सर्लाही २ मा पछि परे राजेन्द्र महतो

तु खबर संवाददाता
२०७९ मंसिर १०, शनिबार ०८:३२
file-photo

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्वर २ मा लोसपाका राजेन्द्र महतो पछि परेका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट लडेका नेसपाका नेता महिन्द्र राय यादवले अग्रता कायम गर्दै महतोलाई पछि पारेका हुन् ।

हालसम्मको परिणामअनुसार यादवले १८ हजार ६११ मत पाएका छन् भने लोसपाका महतोले १७ हजार १३२ मत पाएका छन् । त्यस्तै, एमालेका राजनारायण साहले १२ हजार ७०७ मत पाएका छन् ।