हृदयेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गर्दै विनोद चौधरी विजयी
नवलपरासी । पश्चिम नवलपरासी १ बाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् । उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
चौधरीले २९ हजार ४ सय ९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी त्रिपाठीले २२ हजार ३ सय ८ मत प्राप्त गरे । सो क्षेत्रमा ८४ हजार ३ सय ३ मत खसेको थियो ।
