कृष्ण सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १७:२१
file-photo

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार, लिङ्देन ४० हजार ६४८ मतसहित विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा पनि लिङ्देनले एमालेको साथ लिएर सिटौलालाई पराजित गरेका थिए ।