समानुपातिकमा एमालेको ६ लाख २७ हजार कट्यो

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १७:१०

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन तर्फ ६ लाख मत कटाएको छ । निर्वाचन आयोगले बिहीबार अपरान्ह सार्वजनिक गरेको मत परिणाम अनुसार, एमालेले ६ लाख २७ हजार मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६ हजार, नेकपा माओवादी केन्द्रले २ लाख ८४ हजार मत पाएको छ ।

त्यस्तै, राप्रपाले १ लाख ७१ हजार, जनता समाजवादी पार्टीले ७६ हजार, नेपाल मजदुर किसान पार्टीले ५१ हजार, जनमत पार्टीले ५० हजार, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार र एकीकृत समाजवादीले ४१ हजार प्राप्त गरेको छ ।