नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ कैलाली–१ बाट निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १७:०३

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्वर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएकी हुन् ।

श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्दा राम जनम चौधरीले १८ हजार ८ मत प्राप्त गरे । यस्तै, नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ हजार ९१० मत प्राप्त गरे ।