धादिङ २ बाट कांग्रेसका अधिकारी निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १६:३४

काठमाडौं । धादिङ क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् । अधिकारीले नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

उनले ३४ हजार ७८३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका लोहनीले २३ हजार ९५० मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले ५ हजार ५२५ मत प्राप्त गरे ।