पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित

नवलपुर । पूर्वी नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा.शशांक कोइराला निर्वाचित भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाअनुसार कोइराला २७ हजार ६७ मतसहित निर्वाचित भएका हुन् । कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।