मकवानपुर १ अपडेटः वडा नम्वर ५ मा दिपक सिंहलाई २१९८ मत

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ११:०५

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंहले हेटौंडा नम्वर वडामा मात्रै २ हजार १९८ मत पाएका छन् ।

त्यस्तै सो वडामा सूर्य चिन्ह लिएर उठेका कमल थापाले १ हजार १८४ मत पाउँदा लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले ७५४ मत पाएकी छिन् ।

अहिले वडा नम्वर १२ को मतगणना भइरहेको छ । अब वडा नम्वर ९ र १० को मात्रै मतगणना गर्न बाँकी छ ।