रवि लामिछाने जित नजिक

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार १०:५९
file-photo

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित नजिक पुगेका छन् । यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत प्राप्त गरेका छन् । अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ ।