एमाले महासचिवलाई पराजित गर्दै माओवादीकी रेखा विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार १०:३८

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार, रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएके छ ।