भक्तपुर १ मा नेमकिपाका सुवाल विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ८,बिहीबार १०:१६

भक्तपुर । भक्तपुर–१ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल विजयी भएका छन् । सुवाल ३० हजार मतान्तरसहित विजयी भएका हुन् ।

नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरत खड्काले ९ हजार ३०३ मत प्राप्त गरेका छन् ।

विजयी सुवाल र एमालेका उम्मेदवारबीचको मतान्तर ३० हजार ७९३ रहेको छ ।