मकवानपुर १ अपडेटः दिपक सिंह मत बढाउँदै, डिनाको अग्रता कायमै
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर– १ मा हालसम्म लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् ।
डिनाले २२ हजार ५७३ मत पाएकी छिन् । भने सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २१ हजार ४७२ मत पाएका छन् ।
त्यस्तै राप्रपाका दिपकबहादुर सिंहले २१ हजार १६१ मत पाएका छन् ।
अहिले हेटौंडा ५ र १२ नम्वर वडाको मतगणना भइरहेको छ । वडा नम्वर ९ र १० को मतगणना हुन बाँकी छ । हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएसँगै दिपक सिंहले मत बढाउँदै लगेका छन् । मतगणना जारी छ ।
