पृथ्वीसुब्बा गुरूङ लमजुङबाट विजयी
लमजुङ । एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रतिनिधिसभा सदस्य दिमा विजयी भएका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गुरूङ माओवादीका महासचिव देवप्रसाद गुरूङलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् ।
गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । माओवादीका गुरूङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे ।
