समानुपातिकमा माओवादीले पनि २ लाख मत कटायो

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०८:५५

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले पनि दुई लाख मत कटाएको छ । माओवादी केन्द्र २ लाख मत कटाउने चौथो दल हो ।

नेकपा एमाले समानुपातिकतर्फको शीर्ष स्थानमा छ । जारी मतगणनाको पछिल्लो तथ्यांक अनुसार, एमालेले अहिलेसम्म ४ लाख ६९ हजार २२५ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेस ४ लाख ३२ हजार १०८ मतसहित दोस्रो स्थान, राष्ट्रिय स्वतन्त्र पार्टी २ लाख ४१ हजार ६८० मतसहित तेस्रो स्थान प्राप्त गरेको छ भने राप्रपाले अहिलेसम्म एक लाख २६ हजार ७८२ मत प्राप्त गरेको छ ।