८ दिनभित्र मतगणनाको नतिजा सार्वजनिक हुन्छ : थपलिया
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्वर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आउने दाबी गरेका हुन् । ८ दिनभित्र नतिजा आउने गरी देशभर मतगणना भइरहेको उनको भनाइ थियो ।
