अपडेटः १६१२८ गणना गर्दा गुन्जनबहादुर न्यौपाने अगाडि, आनन्दराम पराजुली तेस्रो स्थानमा

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १२:३५

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (ख) राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गुन्जन बहादुर न्यौपानेले अग्रता कायमै राखेका छन् ।

१६ हजार १२८ मतगणना गर्दा न्यौपानेले ५ हजार ३५ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका एकलाल श्रेष्ठले ४ हजार ६५६ मत पाएका छन् भने लोकतान्त्रिक बाम

गठबन्धनका आनन्दराम पराजुलीले ४ हजार ३९० मत पाएका छन् । ५५९ मत भने बदर भएको छ । मतगणना जारी रहेको छ ।