काठमाडौं–४ को प्रतिनिधि सभामा गगन थापाको जित
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जित हाँसिल गरेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै जित हाँसल गरेका हुन् ।
थापाले भट्टराईलाई ७ हजार ४४६ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३०१ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत प्राप्त गरे ।
