विष्णु ढकाल अघिअघि, कुमारी मोक्तान पछिपछि

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०९:४३

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (क) मा १० हजार ९ ५२ मत गणना गर्दा नेकपा एमालेका विष्णु प्रसाद ढकालले ४ हजार ९४७ मत पाएका छन् ।

त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी कुमारी मोक्तानले ४ हजार ४८९ मत ल्याएकी छिन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका रामबहादुर घलेले ८४३ मत पाएका छन् भने ३४३ मत बदर भएको छ । मतगणना जारी छ ।