चितवनको विभिन्न तीन स्थानमा शंकास्पद वस्तु फेला
चितवन । चितवनको विभिन्न तीन स्थानमा शंकास्पद वस्तु फेला परेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनको मुख्य सहर क्षेत्रमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं. १२ आस्था चोकमा शंकास्पद वस्तु फेला परेको हो । दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शंकास्पद वस्तु राखेका हुन् ।
निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ः३० बजे डिस्पोज गरिएको छ ।
यस्तै, भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको छ ।
