आजको मौसम : हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार ०८:००
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, बागमती प्रदेश र गाण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतः सफा रहेको छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको साथै प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।