जिल्ला प्रशासन कार्यालय मकवानपुर : आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मंसिर ४ गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा आजबाट बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघरसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको सेवा बिहीबारदेखि यही मंसिर ५ गतेसम्मका लागि स्थगित गरिने भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलले जानकारी दिए ।
उनका अनुसार, यस बाहेकका शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहनेछ ।
