आजको मौसम : वर्षा र हिमपातको सम्भावना
२०७९ कार्तिक २९, मंगलवार ०७:३९
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशको कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका एक/दुई स्थान हल्का हिमपातको सम्भावना रहेको छ ।
