निर्वाचन प्रचार–प्रसार अब ५ दिन मात्रै बाँकी

तु खबर संवाददाता
२०७९ कार्तिक २७, आईतवार १६:५३

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार–प्रसार गर्न अब पाँच दिन मात्रै बाँकी रहेको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार–प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था अन्तर्गत यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचार–प्रसारका लागि निर्धारण गरिएको छ ।

मंसिर १ गते रातिदेखि प्रचार–प्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचार–प्रसार स्थिर हुने कानूनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारबाहीको क्रम जारी रहेको जनाएको छ ।