नेप्से परिसूचक २.५७ अंकले घट्यो

तु खबर संवाददाता
२०७९ कार्तिक २२,मंगलवार १५:४३

काठमाडौं । आज साताको तेस्रो अर्थात मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । सोमबार बढेको नेप्से आज २.५७ अंकले घट्दा १९५६.३६ मा कायम भएको छ । यसअघि सोमबार नेप्से ४२ अंकले बढ्दा १९६५.३६ को विन्दुमा कायम भएको थियो ।

आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको उपसूचक बढेको छ । कम्पनीको शेयर ८ करोड ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । एलआईसी नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।