आसन्न निर्वाचनमा २ लाख ४६ हजार जनशक्ति परिचालित

तु खबर संवाददाता
२०७९ कार्तिक १६, बुधबार ०८:१९

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ । निर्वाचन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य पदमा गरी सो संख्याका जनशक्ति परिचालन हुने भएको निर्वाचन आयेगले जनाएके छ ।

आयोगका अनुसार, तीमध्ये केही जनशक्ति परिचालन भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका मुख्य निर्वाचनको कार्यालयमा ५५ जना, निर्वाचनका लागि गत असोज २० गतेसम्ममा सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय संचालनमा आइसकेको छ ।

निर्वाचन संचालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषद्को सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ ।

२५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १÷१ जनासहित ९ जना, २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १÷१ जनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप १ जना स्वयंसेवक रहनेछन् । कार्यविधिमा अस्थायी मतदान केन्द्रको पनि व्यवस्था रहेको छ ।