सत्ता गठबन्धनका शीर्ष नेताले आज प्रशिक्षण दिने
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आज काठमाडौँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुनेकाठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवम् माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिए ।
उनका अनुसार, कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
