आइतबार शेयर बजारमा हरियाली छायो
काठमाडौं । आज साताको पहिलो दिन अर्थात् आइतबार शेयर बजारमा हरियाली छाएको छ । दशैअघिसम्म उतारचढावकाबीच घट्न पुगेको नेप्से परिसूचक आज ४४.६२ अंकले बढेर १८९८ विन्दु्मा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कित्ता शेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक बढेपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन । नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ ।
