निर्वाचन आयोग : बन्द सूचीका १८ हजारलाई उम्मेदवार बन्न पाउने

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार १७:१६

काठमाडौं । २०७४ को प्रतिनिधि र प्रदेश सभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आसन्न निर्वाचनमा फेरी बन्द सूचीमा बस्न पाउने भएका छन् ।

निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार उनीहरु आगामी मंसिर ४ गते हुने निर्वाचनको बन्द सूचीमा बस्न पाउने भएका हुन् ।

सबै दलको सहमतिमा समानुपातिक तर्फको बन्द सूचीमा उम्मेदवार रहेका सबैको नाम निर्वाचन आयोगले नै हटाउने सहमति भएको कांग्रेस सचिव केशव रिजालले जानकारी दिए ।

उनका अनुसार, दलहरुले २०७४ मा बन्द सूचीमा रहेका सबै नाम हटाउने अधिकार आयोगलाई दिएका छन् । योसँगै १८ हजार फेरी उम्मेदवार हुन पाउने भएका छन् ।